शनिबार, भदौ ६, २०८३

नेपाल-भारत सीमामा काँडेतार लगाऔं : नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमामा काँडेतार लगाउनुपर्ने बताएका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमामा काँडेतार लगाउनुपर्ने बताएका छन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा उनले अब सीमा विवाद अन्त्यका लागि काँडेतार लगाउनुको विकल्प नभएको बताएका हुन्।

उनले तत्कालको समस्या समाधानका लागि नेपाल र भारत दुवै देशसँग कूटनीतिक वार्ता अघि बढाउनुपर्नेमा जोड दिए। नेता नेपालले भने, 'सरकारले दुवै देशसँग सीमाको विवाद सुल्झाउन तत्काल प्रयास थाल्नुपर्छ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपाली सिमाना क्षेत्रमा सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिए।

उनले भारतले दुई देशबीच भएका सन्धि उल्लंघन गरेर नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आरोप लगाए।  नेपालका तर्फबाट पनि आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: May 11, 2020| 11:15 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।