शनिबार, भदौ ६, २०८३

ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवक पक्राउ

म्याग्दीमा ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- म्याग्दीमा ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी ५१ वर्षीय बाबु मीनबहादुर थापामगरको हत्या गर्ने २९ वर्षीय कुमार थापामगरलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार राति टाउकोमा ढुङ्गा प्रहार गरेर सख्त घाइते भएका मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए।

ढुङ्गा लागेर अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा लगिएको थियो।

कुमारले पटकपटक बुबालाई आफ्नो इच्छा अनुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको उनको आमाले बताईन्। कुमारलेसमेत ढुङ्गा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 11, 2020| 10:50 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।