शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

दलहरुबीच देखिएको आन्तरिक विवादका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चित भएको छ।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, भदौ २७, २०७८

जनकपुर- दलहरुबीच देखिएको आन्तरिक विवादका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चित भएको छ। दल विभाजनपछि जन्मेको दुई दलसँगै सो विवाद पनि समाधान भए पनि हासम्म प्रदेशसभा बैठकको मिति तय हुन सकेको छैन।

triton college

गत असार २९ गते बसेको प्रदेशसभा बैठकपछि दुई महिनायता प्रदेश सभाको बैठक सकेको छैन। मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरूलाई सरकारबाट हटाएपछि उत्पन्न भएको विवादले दल विभाजनसम्मको आन्तरिक कलह र एमालेभित्र ओली पक्ष र नेपाल पक्षबीचको आन्तरिक विवादले प्रदेशसभाको बैठक समेत प्रभावित भएको थियो।

नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य शत्रुध्न महतोले सत्तारुढ दल र विपक्षी दलहरूमा पार्टीको आन्तरिक विवादका कारण बैठक बस्न नसकेको बताए। उनले भने, ‘प्रदेश सभाको बैठक सतारुढ दल जसपा, विपक्षी दलहरू एमाले र माओवादी केन्द्रभित्र रहेको आन्तरिक किचलोका कारण बैठक बस्न सकेन। अब चाँडै नै बैठक बस्ने भनिएको छ तर कहिले हो थाहा छैन।’

दल विभाजनपछि एक महिनाभित्र सरकारले विश्वासको मत लिने कानुनी प्रावधानका कारण सरकारले नचाहे पनि बैठक बोलाउनै पर्ने बाध्यता छ। नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य परमेश्वर साहले सरकार जनताप्रति उत्तरदायी नभएकाले बैठक बसाउन नसकेको आरोप लगाए। उनले भने, ‘जनताका समस्या राख्ने ठाउँ नै प्रदेश सभा हो । यसबीच बाढी र कोरोनालगायतका जनताको धेरै समस्या भए पनि हामीले आफ्ना क्षेत्रका जनताको कुरा राख्ने ठाउँ नै बन्द भएपछि कहाँ राख्ने?’

उनले बैठक बस्न नसक्दा आफूहरू बेरोजगार नै भएको बताए। ‘राज्यको सेवा सुविधा त पाइरहेका छौं तर कामै नगरी उक्त सेवा लिनु पनि अनुचित हो,’ शाहले भने। उता सतारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहले प्रदेश सभा बैठक लामो समयसम्म नबस्दा जिल्ला, निर्वाचन क्षेत्रको समस्याबारे सांसदले आफ्ना कुरा राख्न नपाएको बताए।

Metro Mart
vianet

उनले सांसद र मन्त्री पार्टीकै विवाद मिलाउन काठमाडौं धाउँदा महिनौंदेखि बैठक बस्न सकेको छैन। मन्त्री र सांसदहरू पार्टीको बैठक र विवाद समाधानका लागि कहिले जिल्ला त कहिले काठमाडौं आवत–जावत गर्दै आएकाले छैठौं अधिवेशनमै पटक–पटक स्थगित हुँदै आएको बैठक अन्ततः असार २९ गते विनियोजन विधेयक पारित भएदेखि आजसम्म स्थगित नै छ।

छैठौं अधिवेशनको अन्तिम १५ औं बैठक विनियोजन विधेयक पारित भएसँगै सभामुख सरोजकुमार यादवले अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको घोषणा गरेदेखि दुई महिना बित्न लाग्दा पनि बैठक बस्न सकेको छैन। बैठक कहिले बस्ने भन्नेबारे सरोकारवाला निकाय आफैं अनभिज्ञ छन्।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह बैठक के कति कारणले स्थगित भएको भन्ने आफूलाई थाहा नभएको बताउँछन्। उनी भन्छन्, ‘बैठक कहिले बस्छ मलाई थाहा छैन । मन्त्रिपरिषद्मा यस बारे छलफल भएको छैन।’

यता प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादव प्रदेश सभाको बैठक बोलाउने अधिकार प्रदेश सरकारमा निहित रहेको बताउँदै भन्छन्, ‘अब सातौं अधिवेशनको समय पनि आइसकेको छ। मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश प्रमुखबाट नयाँ अधिवेशनको आह्वान गरेपछि बैठक बस्नेछ।’

३ विषयगत समिति सभापतिविहीन

प्रदेश २ को प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदा सभापति विहीन रहेको प्रदेशसभाका विषयगत समितिहरुले समेत काम गर्न सकेको छैन। प्रदेशसभाको बैठक बस्ने नबस्ने अन्यौलताका कारण विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेश सभामा अलपत्र परेको छ।

प्रदेशसभाको कार्यकाल ४ वर्ष पूरा भए पनि प्रतिपक्षी दलको कोटामा रहने सार्वजनिक लेखा समिति हालसम्म सभापतिविहीन छ। सरकारको काम कारवाहमाथि निगरानी राख्ने समिति नै सभापति विहीन हुँदा प्रदेशमा भ्रष्टाचारले प्रश्रय पाइरहेको कतिपय प्रदेशसभा सदस्यहरुको भनाइ छ।

सार्वजनिक लेखा समितिका अतिरिक्त प्रदेशसभामा प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समिति पनि सभापति विहीन नै छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल एमालेमा लागेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरी निलम्बन गरिसकेको छ। मण्डल निलम्बनमा परेपछि उनले नेतृत्व गर्दै आइरहेका प्राकृतिक स्रोत तथा वातावरण समिति पनि सभापति विहीन बनेको हो।

त्यस्तै वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बनेपछि कृषि तथा भूमि व्यवस्थापन समिति समेत सभापति विहीन छ।


प्रकाशित: Sep 12, 2021| 11:35 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।