शनिबार, भदौ ६, २०८३

साउदीमा कोरानाबाट एक नेपालीको मृत्यु, ५० संक्रमित

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

साउदीको जेद्दामा एक नेपालीको ज्यान गएको त्यहाँ रहेको महावाणिज्य दूतावासले जानकारी दिएको हो। उनको नाम र ठेगाना भने खुलाइएको छैन् ।

पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ।

महावाणिज्य दूतावासका अनुसार साउदीमा ५० जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ४५ जना जेद्दा क्षेत्रमा मात्रै रहेको दुतावासले जनाएको छ ।

अहिलेसम्म १५ जना निको भएका छन् भने बाँकीको उपचार भइराखेको छ । साउदीमा रहेका नेपाली जोखिममा रहेकाले सचेत हुन दुतवासले अपिल गरेको छ ।

साउदीमा अहिलेसम्म कूल ३९ हजार ४८ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ सय २६ जनाको मृत्यु भएको छ । ११ हजार ५ सय ४७ जना निको भएका छन् ।

प्रकाशित: May 11, 2020| 09:59 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।