शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओपीडी सेवा सुरु गर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

ओपीडी सेवा सुरु गर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी) सुचारु गर्न निर्देशन दिएको छ।

ओपीडी बन्द हुँदा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्‍चित हुनुपरेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको हो।

ओपीडी सेवा सुचारु गर्दा कोरोनाको जोखिमलाई ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेका सावधानीका उपायहरु पालना गर्दै सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित: May 11, 2020| 07:06 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।