शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार गम्भीर नहुँदा भारतले हेप्यो : सात विद्यार्थी संगठन

सरकार गम्भीर नहुँदा भारतले हेप्यो : सात विद्यार्थी संगठन

नेपाल विद्यार्थी संघको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा भारतले छ महिनाअघि उक्त भूमिलाई आफ्नो नक्सामा समेट्नु र अहिले सडक खोल्नु अत्यन्तै खेदजनक कार्य भएको उल्लेख छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएको विरोधमा विभिन्न सात विद्यार्थी संगठनले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल विद्यार्थी संघको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा भारतले छ महिनाअघि उक्त भूमिलाई आफ्नो नक्सामा समेट्नु र अहिले सडक खोल्नु अत्यन्तै खेदजनक कार्य भएको उल्लेख छ।

विद्यार्थी संगठनहरुले नेपाली भूमि फिर्ता गर्न र नेपालको सार्वभौसत्तालाई सम्मान गर्न भारतलाई बाध्य बनाउन सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, 'भारतीय हस्तक्षेपको विरुद्ध सम्पूर्ण जनतालाई एकजुट बनाई अगाडि बढ्न तत्काल सर्वदलीय, सर्वपक्षीय बैठक राखी भारतसँग उच्च कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता गर्न जोडदार माग गर्दछौं।'

नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरेपछि त्यसबेला उठेको विद्यार्थी आन्दोलन र सर्वदलीय बैठकले दिएको म्यान्डेटअनुसार वर्तमान सरकारले भारतसँग परिणाममूलक पहल नगरेका कारण भारतको हेपाहा प्रवृत्ति बढेको ज्ञापनपत्रमा उल्लेख छ।

उनीहरुले भनेका छन्, 'देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति संयुक्त विद्यार्थी आन्दोलन अत्यन्तै गम्भीर र संवेदनशील छ। सरकारले यस विषयमा गम्भीर दतारुकताका नदेखाए भारतीय हस्तक्षेप र सकारकी उदासीनताविरुद्ध सडक आन्दोलन गर्न बाध्य हुनेछौं।'

ज्ञापनपत्रमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाही र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराईले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: May 10, 2020| 18:46 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।