शनिबार, भदौ ६, २०८३

नेपाली भूमि फिर्ता ल्याउन संसदमा संकल्प प्रस्ताव

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थित गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थित गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक बनाएको विषयमा नेपालमा विरोध भइरहेको छ। सत्तापक्षका देखि विभिन्न नेता र दलहरुले भारतीय कदमको निन्दा गरेका छन्। यसै बेला नेकपाका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन्।

प्रस्तावमा लेखिएको छ, 'दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरू, विभिन्न समायमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरूले प्रमाणित गरेको छ।'

सबै आधारले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयांदी नै महाकाली नदी भएकोले सो पूर्वको करिब ४०० वर्गकिमि नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेस गरिएको प्रस्तावमा उल्लेख छ।

नदीको उद्गम स्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलोलाई अन्तर्राष्ट्रिय सीमा निर्धारणको आधार मानिने र सो आधारमा पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि भएको उनीहरूको दाबी छ।

 

प्रकाशित: May 10, 2020| 17:46 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।