शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा

कोरोनाको आशंकामा सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा

कोरोना भाइरसको आशंकामा सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

कोरोना भाइरसको आशंकामा सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले नेपालमा हाल देशभर १ सय ६४ जना आइसोलेसनमा रहेको जानकारी दिए । आइसोलेसनमा हुनेहरुमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, बागमतीमा ३८ जना र प्रदेश ५ मा ५७ जना छन्।

त्यस्तै मोबाइल एपमा स्व¬परीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ४० जना ‘रेड जोन’मा रहेका छन्।

नेपालमा हालसम्म १ सय १० जना संक्रमित छन् । संक्रमितमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१ जना, बागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा ३० जना र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।

संक्रमितमध्ये ३१ जना उपचारपश्चात् निको भएर घर फर्किएका छन् भने बाँकी ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म १६ हजारभन्दा बढी व्यक्तिहरुमा टिपिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ। पीसीआर र आरडीटी गरी दुवै विधिबाट अहिलेसम्म ७३ हजार ४ सय ४८ जनाको परीक्षण गरिएको छ।

प्रकाशित: May 10, 2020| 16:50 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।