शनिबार, भदौ ६, २०८३

अदालतका स्रेस्तेदारविरुद्ध भ्रष्टाचार मुद्दा

कास्की जिल्ला अदालतका स्रेष्तेदार लोकनाथ पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- कास्की जिल्ला अदालतका स्रेष्तेदार लोकनाथ पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित पक्राउ परेका पराजुलीविरुद्ध आयोगले आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दसी प्रमाणको अदालतमा पेस भएको सेवाग्राहीको ग १ च २३६३ नम्बरको कार अदालतको आदेशबमोजिम छुटिसके पनि धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी घुस लिएको खुलेको बताए।

कारभित्रै घुसबापतको रकम बुझेर पराजुलीले डिएल लिक्वर सपभित्र गई बसेको अवस्थामा आयोगको टोलीलाई देख्नासाथ रकम टुलमुनि फ्याँकेको अवस्थामा बरामद गरेको अख्तियारले जनाएको छ।

जिल्ला वन अभिकृत १ लाख घुसहित पक्राउ

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद एक लाख घुससहित पक्राउ परेका छन्। खानीसम्बन्धी कामका लागि विभिन्न बहाना गर्दै सेवाग्राहीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई नियन्त्रणमा लिएको हो।  

साहलाई बिदुर नगरपालिका–२ स्थित कार्यालय परिसरबाट शनिबार घुसहित नियन्त्रणमा दिएको अख्तियारले जनाएको छ।

प्रकाशित: May 10, 2020| 16:31 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।