शनिबार, भदौ ६, २०८३

चार चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यहारमा मुद्दा चलाइने भएको छ।  स्वदेश फिर्ता जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकले शुक्रबार सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गरेका थिए।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्रहरीमाथि हातपात गर्ने यानचाओ, ग्याभिट, जान्था र ज्याजलिनविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको बताए।

निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका ४७ जना चिनियाँलाई नियन्त्रणमा लिए पनि प्रहरीमाथि हातपातमा संलग्न चार जनाविरुद्ध मुद्दा चलाउन लागिएको हो।

चिनियाँको हातपातका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका थिए।

प्रकाशित: May 10, 2020| 15:50 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।