शनिबार, भदौ ६, २०८३

फेवातालमा पुरुषको शव फेला

कास्की– कास्कीको पोखरास्थित फेवातालमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

कास्की– कास्कीको पोखरास्थित फेवातालमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ।

पोखरा–१८, सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) यादव ढकालले जानकारी दिए।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।  

स्थानीयले हल्लन चोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

यसअघि गत शुक्रबार पनि तालमा एक युवकको शव फेला परेको थियो। मृतकको हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले बताएको छ।

प्रकाशित: May 10, 2020| 14:14 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।