शनिबार, भदौ ६, २०८३

जाजरकोटमा मेयर आक्रमणका आरोपितले गरे आत्मसमर्पण

भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीमाथि आक्रमण गरेको आरोप लागेका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। मेयरमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि आरोपित चार जनाले आइतबार आत्मसमर्पण गरेका हुन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीमाथि आक्रमण गरेको आरोप लागेका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। मेयरमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि आरोपित चार जनाले आइतबार आत्मसमर्पण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले आक्रमणका आरोपी युवा संघ जाजरकोटका अध्यक्ष दीपेन्द्र शाही, बुद्धि शाही, सुशील शाही र सुदिप शाहीले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसर्मपण गरेको जानकारी दिए।

आरोपीहरु प्रहरीमा उपस्थित भएपछि आवश्यक छानविन प्रक्रिया अगाडि बढाइने श्रेष्ठले बताए। दीपेन्द्रले आफूआथि लागेको आरोप गलत र सुनियोजित भएको भन्दै प्रहरीलाई आवश्यक सहयोग गर्न स्वेच्छिक रुपमा आफैँ जिप्रकामा उपस्थित भएको सामाजिक संजाल फेसबुकमार्फत् जनाएका छन्।

वैशाख १३ गते भेरी नगरपालिका–१० फेरा घाटमा मधु चन्दको निधनपछि श्रद्धाञ्जली दिन गएको बेला नेकपा जाजरकोटका पार्टी प्रमुखसमेत रहेका मेयर घर्तीमाथि आक्रमण गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।

उक्त घटनापछि युवा संघले शाहीलाई जिल्ला संयोजकको जिम्मेवारीबाट निलम्बन गर्नुका साथै पाँच सदस्यीय छानविन समितिसमेत गठन गरेको छ।

प्रकाशित: May 10, 2020| 13:57 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।