बिहीबार, भदौ ४, २०८३

नेपाल–चीन सीमा अध्ययन टोली लाप्चातर्फ हिँड्यो

हुम्लाको नाम्खा गाउपालिका ६ को लाप्चा क्षेत्रमा पर्नेनेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सीमा अध्ययन टोली विवादित क्षेत्र लाप्चातर्फ हिडेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

सुर्खेत- हुम्लाको नाम्खा गाउपालिका ६ को लाप्चा क्षेत्रमा पर्नेनेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सीमा अध्ययन टोली विवादित क्षेत्र लाप्चातर्फ हिडेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्य नेतृत्वको अध्ययन टोली हुम्लाको सदरमुकाम सिमकोटबाट आईतबार विहानै लाप्चा हिडेको हो। शनिबार हुम्लाको सिमकोट पुगेको अध्ययन टोली गाडीबाट लाप्चातर्फ हिडेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

नाम्खा गाउँपालिका ६ को लोलुङजोङमा चीनले नयाँ भवन बनाएपछि सीमा विवादमा तानिएको छ। एक बर्षदेखि विवादित लोलुङजोङ क्षेत्रको अध्ययनका लागि सरकारले  सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन्।

नाम्खा गाउँपालिका ६ मा पर्ने विवाद क्षेत्रको स्थलगत अध्ययनको लागि टोली लाप्चातर्फ लागेको हो। लाप्चाक्षेत्र सदरमुकामदेखि ५० कोसको दूरीमा पर्दछ। नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ का अधिकांश भूभाग नेपाल र चीनबीचको सीमा क्षेत्रमा पर्छन्। 

दुई देशको सीमा क्षेत्र लोलुङजोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि लाप्चाक्षेत्र विवादमा तानिएको हो। केही स्थानीय र राजनीति दलले चीनले सीमा मिचेको आरोपपछि सरकारले वास्तविकता पत्ता लगाउनको लागि अध्ययन टोली गठन गरेको हो।

सीमा अध्ययन टोलीले जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल समेत गरेको थियो।टोलीले हुम्लाका लाप्चा र हिल्सा सहितका सीमास्तम्भको अध्ययन गर्नेछ।

हुम्लामा चीनको सीमावर्ती क्षेत्रमा १० मुख्य र ५ सहायक गरी १५ सीमास्तम्भ छन्। जिल्ला प्रशासन कार्यालय हुम्लाको अभिलेख अनुसार ३, ४, ५, ६ (१), ७ (१), ८ (१),  ९(१), १०, ११ र १२ नम्बरका मुख्य पिलर छन् भने ५ (२), ६(२) ७ (२), ८ (२) र ९ (२) नम्बरका सहायक पिलर छन्। सीमास्तम्भहरू तीन हजार ६०० मिटरदेखि ६ हजार ५५० मिटरको उँचाइमा छन्।

प्रकाशित: Sep 12, 2021| 10:25 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।