काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली सीमा अतिक्रमण गर्ने भारतीय दादागिरीको विरोध गर्न सिंगो कांग्रेस तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा थापाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक बनाइएकाे विषयमा विरोध गर्दै उक्त कुरा बताएका हुन्।
उनले भने, ‘भारतको हस्तक्षेपको घोर भर्त्सना गर्दछु। रक्षामन्त्रीले भ्रमण गर्नुभयो के प्रतिवेदन दिइयो?’ उनले प्रश्न गरे, ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको विरोध गर्न कांग्रेस तयार छ।’