शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण एसियामा कोरोनाबाट १ लाख १२ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

दक्षिण एसियामा कोरोनाबाट १ लाख १२ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोना भाइरसबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका (सार्क) मा १ लाख ११ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । ३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडाैं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका (सार्क) मा १ लाख ११ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । ३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।

३० हजार ६ सय २२ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ७७ हजार ३ सय ७८ जना हाल उपचाररत रहेका छन् ।

सार्कका ८ मुलुकमध्ये कोरोनाबाट सबैभन्दा बढि भारत आक्रान्त भएको छ । दोस्रोमा पकिस्तान, तेस्रोमा बंगलादेश रहेका छन् । अहिलेसम्म सार्कका दुई मुलुक नेपाल र भुटानमा भने कसैको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छैन् ।

कोरोनाबाट सार्कका कुन देशमा कति संक्रमित कतिको मृत्यु ?

  देश   संक्रमित   मृत्यु    निको भएका
  भारत   ६२९३९   २१०९    १९३५८
  पाकिस्तान   २९४६५   ६३९   ८०२३
  ब‌ंगलादेश   १३७७०   २१४   २४१४
  अफगानिस्तान   ४०३३   ११५   ५०२
  श्रीलंका   ८४७   ९   २६०
  माल्दिभ्स   ७९०   ३   २९
  नेपाल   ११०   ०   ३१
  भुटान   ७   ०     ७

 

प्रकाशित: May 10, 2020| 11:16 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।