शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिममा बनेको मौसमी प्रणाली पूर्वतिर सर्दै, चट्याङ र हावाहुरीको सम्भावना

पश्चिममा बनेको मौसमी प्रणाली पूर्वतिर सर्दै, चट्याङ र हावाहुरीको सम्भावना

देशको पश्चिमी भूभागमा बनेको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा हाल गण्डकी र बाग्मती प्रदेश (पोखरादेखि काठमाडौं आसपास) रहेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

देशको पश्चिमी भूभागमा बनेको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा हाल गण्डकी र बाग्मती प्रदेश (पोखरादेखि काठमाडौं आसपास) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण हावाहुरी, मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

यस्तो रहनेछ तीन दिनको मौसम

आज (आइतबार)

देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका केही स्थानहरुमा साथै मध्य र पूर्वका एक दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

भोलि (सोमबार)

देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

पर्सी (मंगलबार)

देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: May 10, 2020| 11:14 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।