शनिबार, भदौ ६, २०८३

‘कोभिड–१९ ट्रेसिङ एप’ को अपडेटेड भर्सन सञ्चालनमा

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको औपचारिक एप सञ्चालनमा आएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको औपचारिक एप सञ्चालनमा आएको छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निःशुल्क तयार पारेको एपको उपप्रधानमन्त्री ईश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् ।

आफ्नो मोबाइलमा कोभिड एनपी एप डाउनलोड गरेपछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो ।

गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट कोभिड एनपी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । गुगल प्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ ।

यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निर्माण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

प्रकाशित: May 10, 2020| 11:02 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।