मकवानपुर– मकवानपुर प्रहरीले ८० किलो गाँजासहित महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ की फूलमाया तामाङ रहेकी छन्।
इलाका प्रहरी कार्यालय, मनहरीको टोलीले घरमा लुकाई राखेको अवस्थामा गाँजासहित तामाङलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा बोरामा पोका बनाई राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए।