शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ४० लाख २४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोनाबाट ४० लाख २४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

आइतबार बिहानसम्ममा ४० लाख २४ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ७९ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्ममा ४० लाख २४ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ७९ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १२ लाख ९ हजार ५ सय ४१ पुगेको छ भने ७८ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा २ लाख २३ हजार ५ सय ७८ जना कोरोनाबाट संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ४ सय ७८ पुगेको छ । इटालीमा अहिलेसम्म २ लाख १८ हजार २ सय ६८ जना संक्रमित भएका छन् भने ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा कोरोनाबाट २ लाख १६ हजार ५ सय २५ जना संक्रमित हुँदा ३१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।

तिब्र गतिमा फैलिएको कोरोनाबाट रुसमा १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ भने १ हजार ८ सय २७ जनाको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार ७ सय ८२ संक्रमित भएका छन् भने मृतकको संख्या २६ हजार ३ सय १३ पुगेको छ । यस्तै ब्राजिलमा संक्रमितको संख्या १ लाख ५६ हजार ६१ पुगेको छ भने १० हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।

कोरोनालाई परास्त गर्न सफलनजिक देखिएको जर्मनीमा १ लाख ७१ हजार ३ सय २४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ५ सय ४९ रहेको छ ।

छिमेकी मुलुक भारतमा भने कोरोना आक्रामक रुपमा फैलिएको छ । अहिलेसम्म ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् भने २ हजार १ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार १ सय १३ जना संक्रमित हुँदा १ सय १६ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११० पुगेको छ ।

प्रकाशित: May 10, 2020| 09:57 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।