चीनमा कोरोना भाइरसका १४ जनामा नयाँ संक्रमण देखिएको छ। गएको २८ अप्रिलपछि यो सबैभन्दा धेरै हो।
१४ संक्रमितमध्ये दुईजना विदेशबाट आएका हुन् भने १२ वटा लोकल ट्रान्समिसन हो।
चीनमा पछिल्ला केही दिनमा कुनै लक्षण नदेखिएका २० वटा मामला देखिएको छ। योसँगै चीनमा अहिलेसम्म संक्रमितको कुल संख्या ८२ हजार ९०१ पुगेको छ।
कोरोना भाइरसको उद्गम स्थल चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ।
बीबीसी