शनिबार, भदौ ६, २०८३

लकडाउनमै काठमाडौंमा खतरनाक दुर्घटना, ८ जनाको मृत्यु

लकडाउनको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- लकडाउनको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

उपत्यकाभित्र २ सय १२ सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसक्रममा सातजना गम्भीर र १ सय ३९ सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक छन् । सुनसान सडकमा गति अत्यधिक हुँदा दुर्घटनामा परेको प्रहरीको निष्कर्ष छ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले खुला सडक हुँदा सवारीसाधनको गति अत्यधिक हुने र नियन्त्रणमा नआउँदा दुर्घटना हुने बताए । केहीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाइएको भेटिएको छ ।

दुर्घटनामा परेका सबै व्यक्ति सवारी पास लिएर सडकमा निस्किएको महाशाखाले जनाएको छ ।

शुक्रबार मात्रै काठमाडौंको सोल्टी मोडमा बा.२१ च ४३४७ नम्बरको कार र बा.७२ प ८१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित: May 10, 2020| 09:03 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।