शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन खुकुलो बनाउन काठमाडौं उपत्यकामा आजबाट लाग्यो यस्तो नियम

लकडाउन खुकुलो बनाउन काठमाडौं उपत्यकामा आजबाट लाग्यो यस्तो नियम

लकडाउनलाई खुकुलो पार्न आज (आइतबार) बाट काठमाडौं उपत्याकामा नयाँ नियम लगाइएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- लकडाउनलाई खुकुलो पार्न आज (आइतबार) बाट काठमाडौं उपत्याकामा नयाँ नियम लगाइएको छ ।

लकडाउनको ४८ औं दिन आजबाट बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने भएका छन् । सरकारले अन्य साना तथा ठूला पसलहरू पनि खुल्न दिने भएको छ । सर्तसहित केहि संघसंस्था र उद्योग धन्दापनि आजबाट खुल्ने भएका छन् ।

यस्तै सरकारले लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गरेपछि शनिबार उपत्यकाभित्र सवारी सञ्चालन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ व्यवस्था लागू गरेको छ।

अबबाट मालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र काठमाडौं उपत्यकामा प्रवेश पाउने छन्। आज बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म सवारी चलाउन समय दिइएको छ ।

त्यस्तै, अत्यावश्यक खाद्यान्न ढुवानीका सवारी साधनले भने बिहान १० बजेसम्म ढुवानी गरिसक्नु पर्ने व्यवस्था गरिएको छ।

सरकारी कार्यालयका कर्मचारी, बैङ्क वित्तीय संस्था लगायत आजबाट खुला हुने उद्योग धन्दा र संघसंस्थाका कर्मचारीले आफ्नो सवारी साधनमा तोकेको समयभित्र मात्रै कार्यालय जाने र आउने गर्न पाउने छन् । तोकिएको समयमा हिडडुल गर्ने कसैलाई नरोकिने प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मी चढेको सवारी, एम्बुलेन्स, दकमल, प्रेसलगायत अत्यावाश्यक सवारी साधनमा भने यो नियम लागु हुने छैन् ।

वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडालिटी परिवर्तन लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । जुन आजबाट कार्यान्व्यनमा आएको हो ।

 

प्रकाशित: May 10, 2020| 08:03 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।