बुधबार, फागुन २७, २०८२

पेरु क्रान्तिका नेता अभिमाइन गुजमानको निधन

पेरु क्रान्तिका नेता अभिमाइन गुजमान (गोन्जालो)को ८६ वर्षको उमेरमा निधन भएको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पेरु क्रान्तिका नेता अभिमाइन गुजमान (गोन्जालो)को ८६ वर्षको उमेरमा निधन भएको छ। उनी जेलमै रहेको अवस्थामा निधन भएको हो। उनी सन् १९९२ देखि जेलमा थिए। आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो। दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन्। 

सन् १९३४ मा पेरुको दक्षण तटमा अवस्थित मोलेन्डो शहरमा उनको जन्म भएको थियो। सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो। गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो। साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे। उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो। दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परेका थिए। सन् १९८१ बाट सुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो। सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन। 

प्रकाशित: Sep 12, 2021| 09:50 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।