शनिबार, भदौ ६, २०८३

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच ढुंगा हानाहान

कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारीबीच उपभोक्ता समितिको बारेमा विवाद हुँदा ढुंगा हानाहान भएको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारीबीच उपभोक्ता समितिको बारेमा विवाद हुँदा ढुंगा हानाहान भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ग्रामीण सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने विषयमा विवाद हुँदा ढुंगा हानाहान भएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाका अनुसार ढुंगा हानाहानमा गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गौरीकला बम घाइते भएका छन्।

अध्यक्ष वमको गालामा चोट लागेको छ भने उनकी श्रीमतीलाई टाउकोमा चोट लागेको घटनास्थलमै रहेकी गाउँपालिका उपाध्यक्ष दाना शाहीले जानकारी दिइन् । घाइते दुवैजनाको राडुनेटा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटना आज बिहान भएको हो। यद्यपि प्रहरीले भने घटनाबारे दिउँसोमात्रै जानकारी पाएको जनाएको छ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । गाउँपालिका अध्यक्षको कार्यशैलीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटीले पनि लामो समयदेखि विमति जनाउँदै आएको प्रहरीको भनाइ छ।

घटनामा नेकपाका गाउँपालिका अध्यक्ष विष्णु रोकाया पनि संलग्न रहेको प्रहरीको जनाएको छ। यद्यपि अहिलेसम्म कोही पनि प्रक्राउ परेका छैनन्। घटनाको छानविनको लागि जिल्लाबाट प्रहरी खटाइएको प्रदेश प्रहरीले जनाएको छ।

प्रकाशित: May 09, 2020| 19:34 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।