शनिबार, भदौ ६, २०८३

प्रदेश सरकारद्वारा विपन्नलाई राहत वितरण सुरु

जनकपुरधाम– लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका गरिब तथा विपन्नलाई प्रदेश २ सरकारले राहत वितरण कार्य सुरु गरेको छ । पहिलो चरणमा स्थानीय तहमार्फत् राहत वितरण गरेको प्रदेश सरकारले दोस्रो चरणमा वडा कार्यालयमार्फत प्रभावितहरुलाई राहत पुर्याउन सुरु गरेको हो ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

जनकपुरधाम– लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका गरिब तथा विपन्नलाई प्रदेश २ सरकारले राहत वितरण कार्य सुरु गरेको छ । पहिलो चरणमा स्थानीय तहमार्फत् राहत वितरण गरेको प्रदेश सरकारले दोस्रो चरणमा वडा कार्यालयमार्फत प्रभावितहरुलाई राहत पुर्याउन सुरु गरेको हो ।

यसअघि स्थानीय तहमार्फत राहत वितरण गर्दा प्रदेशको विभिन्न स्थानमा विवाद र झडपसमेत हुँदा दोस्रो चरणमा प्रदेश सरकारले वडा कार्यालयमार्फत गरिब तथा विपन्नलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।

यसैक्रममा प्रदेश सरकारले पठाएको राहत सामग्री शनिबार जनकपुरधाम उपमहानगरपालिका–५ मा वितरण गरिएको छ । वडाका ६० घरधुरीलाई प्रदेश सरकारमार्फत आएको राहत समाग्री वितरण गरिएको वडाध्यक्ष मनोज साहले जानकारी दिएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको उपस्थितिमा गरिब तथा विपन्न परिवारलाई राहत समाग्री वितरण गरिएको वडाध्यक्ष साहले बताए ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत प्रति परिवारको लागि प्राप्त भएको चामल २५ केजी, मसुरो दाल २ केजी, खाने तेल एक लिटर, सोयाबिन पाँच सय ग्राम र हात धुने साबुन राहत वितरण समितिको रोहबरमा वितरण गरिएको उनले जानकारी दिए ।

यसअघि उपमहानगरपालिकाले प्रति परिवार १५ केजी चामललगायतको राहत समाग्री वितरण गरेको थियो । स्थानीय तहहरुले वडा कार्यालयहरुले उपलब्ध गराएको गरिब तथा विपन्नहरुको तथ्यांकअनुसार खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको थियो ।

 

 

प्रकाशित: May 09, 2020| 19:00 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।