शनिबार, भदौ ६, २०८३

उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

कोरोना संक्रमणको जोखिम कम गर्न र भीडभाड नियन्त्रणको लागि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं– भोलि, आइतबारदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको छ।

कोरोना संक्रमणको जोखिम कम गर्न र भीडभाड नियन्त्रणको लागि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जसअनुसार सरकारी कार्यालयका गाडी र कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय पुगिसक्न र बेलुका ५ देखि ६ बजेसम्म घर फर्किने समय निर्धारण गरिएको छ।

त्यस्तै, तरकारी र खाद्यान्न बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ।

बैंक, वित्तीय संस्थाका गाडी तथा कर्मचारी भने बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ।

निर्माण सामग्री बोक्ने गाडी राती ८ बजेदेखि बिहान ६ बजेसम्म चलाउनुपर्नेछ। औषधि र पानी बोक्ने गाडी भने जुनसुकै समय पनि गुड्न पाउने छन।

प्रकाशित: May 09, 2020| 18:25 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।