शनिबार, भदौ ६, २०८३

नेपालको सार्वभौमिकताको सम्मान गर : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएकाे भन्दै विराेध गरेकाे छ। 
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएकाे भन्दै विराेध गरेकाे छ। 

सो पार्टीका अन्तर्राष्ट्रिय इन्चार्ज कञ्चनले शनिबार विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'भारतीय साम्रज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा र कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रुपमा आएको छ। यसले नेपालको सार्वभौमिकता, स्वाधनीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ।'

नेकपाले त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रुपमा प्रकट भएको छ।' 

नेकपाले नेपालको भूभाग हडप्ने प्रक्रियामा सहभागी नहुन चीन सरकारलाई अपिल गरेको छ।

 

 

प्रकाशित: May 09, 2020| 17:25 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।