काठमाडौं- संघीय प्रतिनिधिसभाका संसदीय समितिहरुले भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा सरकारसँग जानकारी लिने भएका छन्।
प्रतिनिधिसभाअन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसै विषयमा छलफल गर्न आइतबार बैठक डाकेका छन्। बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि बोलाइएको छ।
दुवै समितिको बैठक आइतबार बिहान साढे ८ बजे डाकिएको छ। बैठकमा नेपाल र भारतबीचका विवादित सीमाबारे छलफल हुनेछ।