शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने अस्थायी नियम लागू

फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने अस्थायी नियम लागू

एक टिममा ११ जनाको सहभागिता रहने फुटबल खेलमा अब पाँच खेलाडी परिवर्तन (सब्स्टिच्युसन) गर्न पाइने भएको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

एजेन्सी- एक टिममा ११ जनाको सहभागिता रहने फुटबल खेलमा अब पाँच खेलाडी परिवर्तन (सब्स्टिच्युसन) गर्न पाइने भएको छ।

अन्तर्राष्ट्रिय फुटबल बोर्ड (आईएफबी)ले खेलमा नयाँ नियमको मन्जुरी दिएपछि पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको हो।

आईइफबी फुटबल सम्बन्धि नियम बनाउने विश्व फुटबलको सर्वोच्च निकाय फिफा अन्तर्गतको संस्था हो।

तर यो नियम महामारीको समयमा प्रयोग गर्न अस्थायी रुपमा ल्याइएको फिफाले बताएको छ। फिफाले आउँदो डिसेम्बर ३१ सम्मको लागि यो नियम लागू गरेको हो। यद्यपि अर्को वर्ष पनि यो नियम लम्ब्यान सकिने बताइएको छ। लम्ब्याउनु परे फिफाले निणर्य गर्ने छ।

अहिलेसम्म तीन खेलाडी मात्र परिवर्तन गरिँदै आएको फुटबलमा अब त्यो संख्यालाई बढाएर पाँच बनाइएको हो। तर पविर्तन गर्दा दुई पटकमा दुई खेलाडी परिवर्तन गर्नुपर्ने छ।

त्यस्तै हाफ टाइम (आधा समय) मा पनि खेलाडी परिवर्तन गर्न पाइने भएको छ। खेलको अतिरिक्त समय घटाउन यस्तो व्यवस्था ल्याइएको फिफाले बताएको छ।

निर्णयको लागि रेफ्रीले प्रयोग गर्ने भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)लाई पनि अस्थायी रुपमा रोक लागइएको छ।

महामारीको दौरान खेलाडीलाई दबाब कम गर्नका लागि भीएआरमा रोक लागाइएको फिफाले बताएको छ।

प्रकाशित: May 09, 2020| 16:23 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।