शनिबार, भदौ ६, २०८३

'सरकार ! सीमा मिचियो कि बेचियो ?'

लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रददर्शन गर्नेहरु पक्राउ परेका छन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रददर्शन गर्नेहरु पक्राउ परेका छन्।

'बोर्डर सेभ मुभमेन्ट' को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२ जना पुरुष र एक जना महिला छन्।

प्रदर्शनकारीहरुले 'सरकार सीमा मिचियो कि बेचियो ? लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो' लगायत लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए। पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

आज नै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेका अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका विद्यार्थीहरुले दिउँसो १ बजे विरोध प्रदर्शनको तयारी गरेका थिए। तर, प्रहरीले उनीहरुलाई १५ मिनेटअघि नै नियन्त्रणमा लिएको छ। उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा राखिएको छ।

अनरास्ववियुका सुदेश पराजुली, विनोद खुलाल, प्रेम प्रधान, महेश श्रेष्ठ, अशोक थापालगायत २० जनालाई प्रहरीले भ्यानमा हालेर पुलिस क्लबमा लगेको पराजुलीले बताए।

सामाजिक दूरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शनको तयारी गरिएको भए पनि प्रहरीले प्रदर्शनपूर्व नै हतक्षेप गरेको उनको भनाइ छ।

प्रकाशित: May 09, 2020| 14:00 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।