काठमाडौं– साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोडेर नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने बताएको छ।
भारतीय कदम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले जनाएको छ।
साझाले सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नु दुखद् भएको बताएको छ।
साझाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।’
आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखबर रहनु विडम्बनापूर्ण स्थिति भएको साझाको भनाइ छ।