बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केयरगिभरका लागि इजरायल जान ७ हजारले मात्र भाषा परीक्षा दिन पाउने

केयरगिभरका लागि इजरायल जान ७ हजारले मात्र भाषा परीक्षा दिन पाउने

केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका मध्ये २ हजार ६ सय ९६ जनाको आवदेन अस्वीकृत भएको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका मध्ये २ हजार ६ सय ९६ जनाको आवदेन अस्वीकृत भएको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका थिए।

तिनमा मापदण्ड तथा योग्यता नपुगेका २ हजार ६ सय ९६ आवेदन रद्द भएका हुन्। विभागका महानिर्देशक दीपक काफ्लेका अुनसार केयरगिभरमा जानका लागि दिनुपर्ने भाषा परीक्षा भदौ २८ गते सोमबार हुने भएको छ। उनका अनुसार भाषा परीक्षाको लागि ७ हजार ३ जना योेग्य ठहरिएका छन्।

इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छनु। 

इजरायलमा नेपाली कामदारको तलब करिब एक लाख ८८ हजार हुनेछ। इजरायली सरकारी नियमअनुसार ओभरटाइमको सुविधा पनि भएको विभागले जनाएको छ। कामदारले सातामा एक दिन बिदा पाउनेछन् भने आवासको व्यवस्था रोजगारदाताले नै गर्नेछन्।

पहिलो करार अवधि एक वर्षको हुने र अवधि थप गर्न सकिने प्रावधान छ। इजरायलले महिला श्रमिकहरुलाई प्राथमिकतामा राखेको भए पनि आवेदन दिनेमा पुरुषहरुकै संख्या बढी छ। केयरगिभरमा जान पाउने एक हजारमा ७०० महिला र ३०० जना पुरुषको कोटा तोकिएको छ।

के छ छनोट प्रक्रियारु

आवेदन रुजु गर्ने काम सम्पन्न भएसँगै छनोटका अन्य काम सुरु भएको हो। सोही क्रममा पहिला भाषा परीक्षा हुनेछ। आवेदबले हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ।

यसबाहेक आवेदनकको उचाइ र तौलको पनि परीक्षण हुनेछ। कम्तिमा ४।९ फिट उचाई र तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्ड तोकिएको छ। आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका हुनुपर्नेछ।

आवेदकको शैक्षिक ओग्यतामा कम्तिमा १० कक्षा उत्तीर्ण भई अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०ं२, वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्छ।

भाषा परीक्षण विज्ञ व्यक्तिको सहयोगमा हुनेछ। भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित आवेदकको अनलाइन प्रोफाइलमा समावेश गरिनेछ। त्यसरी छनोट गर्ने काम असोजअघि नै सक्नेगरी विभागले कार्ययोजना बनाएको छ।

सोही प्राप्ताङ्कका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी उम्मेदवारको नामावली तयार पार्नेछ। विभागले १४ सयभन्दा बढीको नामावली तयार पारी सो नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी ९पिआइबिए० मा पठाउनेछ।पिआइबिएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि मात्र आवेदकहरु इजरायल जान पाउनेछन्।

इजरायलले जतिसक्दो चाँडो नेपाली कामदार पठाउन माग गर्दै आएको छ। जसले गर्दा असोजको अन्तिमसम्ममा इजरायल पठाइसक्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ।इजरायलले नेपाललाई विश्वास गरेर कामदार छनोटको जिम्मेवारी दिएको हो। अहिले योग्य व्यक्ति पठाउन सकिएमा अर्को पटक पनि अवसर पाइनसक्ने आशा गरिएको छ।

बचौं बिचौलियाबाट

पैसा लिएर छनोट गराइदिने भन्ने खालका व्यक्तिहरूबाट सबै सचेत हुनुपर्ने विभागले जनाएको छ। त्यस्ता व्यक्तिका बारेमा कुनै जानकारी भए विभागलाई उपलब्ध गराएमा कारबाही चलाउनु सकिने विभागले सबैलाई आह्वान गरेको छ।

इजरायल जानका लागि भिसा, हवाइ शुल्कलगायत गरी करिब एक लाख ६५ हजार खर्च लाग्ने अनुमान छ। लाग्ने सबै खर्च श्रमिक आफैंले बेहोर्नुपर्छ। मेडिकल परीक्षण, कल्याणकारी शुल्क, बिमा, टिकटलगायतको खर्च श्रमिककै हुनेछ। इजरायल जाने केयरगिभरले ५३ सय इजरायली मुद्रा अर्थात १६ सय डलर बराबरको तलब पाउनेछन्। कामदारको करार सम्झौता सुरुमा एक वर्ष हुने र पछि पाँच वर्षसम्म थप गर्न सकिनेछ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ मा इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था छ।

नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो। निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउने छैनन्।

झण्डै छ वर्षदेखि रोकिएको इजरायल रोजगारी गत वर्षदेखि खुलेको हो र निर्देशिकाले त्यसलाई व्यवस्थित बनाएको हो। तर कोरोना महामारीका कारण अझैसम्म छनोट प्रक्रिया सम्पन्न हुन नसकेको हो।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेस ९बीटुबी० मोडेलबाट कामदार पठाउने भनिए पनि मुस्किलले एक सय जना जति मात्र जान पाएका थिए।

इजरायलले केयरगिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजान लागेको छ।इजरायलमा केयरगिभरले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ। वैदेशिक रोजगारीका क्रममा जापान, कोरियामा लामो समय बसिसकेका युवा पनि इजरायल जान उत्साहित देखिएका छन्।


प्रकाशित: Sep 12, 2021| 08:20 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।