शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले लिपुलेकमा बनाएको सडकबारे कांग्रेसले माग्यो सरकारको धारणा

भारतले लिपुलेकमा बनाएको सडकबारे कांग्रेसले माग्यो सरकारको धारणा

कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरिसकेको विषयमा सरकारसँग धारणा मागेकाे हाे।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं– भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको धारणा मागेको छ।

कांग्रेसले लिपुलेक नेपालको भूमि भएको बताउँदै यसमा भारतले बनाएर उद्घाटन गरिसकेको सडकको बारेमा सरकारले आफ्नो धारणा राख्नुपर्ने बताएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “लिपुलेक नेपालको भूमि हो, हामी यसमा प्रष्ट छौं, भारतले लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएकोबारे सरकारको धारणा चाहन्छौं।”

नेपाली भूमिबारे उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्ने दायित्व पनि सरकारको भएको कांग्रेसले जनाएको छ।

भारतले लिपुलेक हुँदै चीनको मानसरोबर जोड्ने सडक शुक्रबार मात्रै उद्घाटन गरेको छ।

प्रकाशित: May 09, 2020| 12:45 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।