शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साताअघि लुकिछिपी नेपाल आएका थिए कपिलवस्तुका पाँचै संक्रमित

साताअघि लुकिछिपी नेपाल आएका थिए कपिलवस्तुका पाँचै संक्रमित

कपिलवस्तुका पाँचै कोरोना संक्रमित साताअघि एकैसाथ भारतको मुम्बईबाट लुकिछिपी नेपाल आएको खुलेको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं– कपिलवस्तुका पाँचै कोरोना संक्रमित साताअघि एकैसाथ भारतको मुम्बईबाट लुकिछिपी नेपाल आएको खुलेको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले शनिबार संक्रमण भेटिएका तीन जना र यसअघि संक्रमण भेटिएका दुई गरी पाँचै जना सँगै भारतबाट नेपाल आएको खुलेको जानकारी दिए।

उनीहरू साता अघि रातको समयमा नेपाल छिरेको स्थानीयले थाहा पाएपछि गाउँ प्रवेश गर्न नदिएर बाटैबाट क्वारेन्टिनमा पठाएको पौडेलले जानकारी दिए। “सँगै नेपाल छिरेका पाँचै जनालाई सिधै क्वारेन्टिनमा राखिएकाले अरुसँग सम्पर्क हुन सकेन,” पौडेलले भने, “यसले अन्य व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनबाट जोगिएको छ।”

पौडेलका अनुसार शनिबार कोरोना पुष्टि भएका तीन जना र यसअघिका दुई जना गरी पाँचै जना कपिलवस्तुको मायादेवी गाउँपालिका–२, अभिरावका हुन्। जसमध्ये दुई जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् भने नयाँ संक्रमित तीन जनालाई पनि बुटवल लगिँदै गरेको जनाइएको छ।

संक्रमितमा कोरोनाको लक्षण भने नदेखिएको बुझिएको छ। उनीहरू पाँचै जनालाई मायादेवी–१ को पकडी छत्रपाली माबिको क्वारेन्टिनमा राखिएको थियो। हाल सो क्षेत्रमा आवतजावत बन्द गरिएको छ।

योसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ३० पुगेको छ। यसअघि बाँकेको नेपालगन्जमा २४ र रूपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो। देशभर भने कोरोना संक्रमितको संख्या एक सय नौ पुगेको छ।

प्रकाशित: May 09, 2020| 12:33 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।