शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जमा २७५ जनाको रिपोर्ट आज आउँदै, स्वाब संकलन गर्न किट अभाव

वीरगञ्जमा २७५ जनाको रिपोर्ट आज आउँदै, स्वाब संकलन गर्न किट अभाव

वीरगञ्जमा पुनः एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ। बिहीबार स्वाब संकलन गरिएका ६२ वर्षिय पुरूषमा आज (शनिबार) बिहान कोरोना पुष्टि भएको हो।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

वीरगञ्जमा पुनः एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ। बिहीबार स्वाब संकलन गरिएका ६२ वर्षिय पुरूषमा आज (शनिबार) बिहान कोरोना पुष्टि भएको हो।

नारायणी अस्पतालका अनुसार बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को छपकैयामा १२६ जनाको स्वाब लिइएको थियो। त्यसमध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको कोरोना उपचारका प्रमुख चिकित्सक डा. निरज सिंहले बताए।

बुधबार पनि वीरगञ्जमा १७ जना कोरोना संक्रमित फेला परेका थिए।

शुक्रबार (हिजो) वडा नम्बर २ र ३ बाट २७४ जनाको स्वाब संकलन भएको थियो। उनीहरुको रिपोर्ट आज आउनेछ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पनि नारायणी अस्पतालमा किट अभाव कायमै रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

स्वाब संकलनका लागि एक सय वटामात्रै किट रहेको उनले जानकारी दिए।

प्रकाशित: May 09, 2020| 12:39 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।