आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुप्से च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिए नेपालका तीनै खेलाडी

पुप्से च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिए नेपालका तीनै खेलाडी

पहिलो अनलाइन डेडो युरोपियन पुम्से च्यम्पियनसिपमा नेपालका तीनै खेलाडी सेमिफाइनलबाट बाहिरिएका छन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं– पहिलो अनलाइन डेडो युरोपियन पुम्से च्यम्पियनसिपमा नेपालका तीनै खेलाडी सेमिफाइनलबाट बाहिरिएका छन्।

National life

प्रतियोगितामा नेपालबाट सहभागी खेलाडी लक्ष्मणबहादुर ऐरले भने, “अब हाम्रो प्रतिस्पर्धा सकियो। टप ८ मा पुग्न सकिएन।”

प्रतियोगिामा सहभागी नेपालका पाँच खेलाडीमध्ये तीन जना प्रिलिमिनरी राउन्डबाट सेमिफाइनल पुगेका थिए।

प्रतिस्पर्धाबाट बाहिरिए पनि मस्ट पपुलर खेलाडीको प्रतिस्पर्धा कायमै छ। मस्ट पपुलर खेलाडी सेयरिङ र लाइकबाट गरिन्छ। नेपालका प्रेमबहादुर लिम्बुको भिडियो सेयरिङमा केहि अगाडि देखिएका छन्।

लक्ष्मणले भने, “नेपालबाट मस्ट लाइक र सेयरमा पर्न सफल भयो भने पुरस्कार पनि पाइन्छ। त्यसमा मस्ट सेयर खेलाडीमा प्रेम लिम्बुको भिडियो आयोकले आफ्नो साइटमा हालेको छ। त्यसमा धेरै सेयरिङ आएमा उनले पुरस्कार जित्न सक्छन।”

Laxmi sunrise bank
kumari

लक्ष्मणले प्रेमको भिडियो सेयर गरिदिनका लागि अनुरोध पनि गरेका छन्।

https://www.facebook.com/LentsTaekwondo/videos/660818851167587/

विश्व च्याम्पियनसिपको तयारी पूरा

नेपाली सिनियर प्रतिस्पर्धी लक्ष्मणले विश्वकप च्याम्पिनयसिपको तयारी पूरा भएको बताएका छन्।

उनले फोनमा कुरा गर्दै भने, “भिडियो पठाउने हिजोसम्मको म्याद थियो। तयारी सकियो अब। मैले प्रोसेस सबै सिध्याएर भिडियो पठाइसकेको छु।”

सहभागिताको लागि फ्रान्स बैंकमा १० युरो जम्मा गर्नुपर्ने थियो। हिजोसम्मको म्याद दिइएको प्रतियोगितामा नेपाली सातै जनाको भिडियो लिंक अपलोड गरिसकिएको लक्ष्मणले बताएका हुन्।

नेपालका तर्फबाट सिनियर (५० वर्षभन्दा कम) मा लक्ष्मणबहादुर ऐर रहेका छन्। त्यस्तै, ३० वर्षभन्दा कम महिला प्रतिस्पर्धीमा पार्वती गुरुङ र सीता तामाङ रहेकी छन। त्यस्तै, ३० वर्षभन्दा कम पुरुषतर्फ प्रेमबहादुर लिम्बु, सुरेन्द्रबहादुर महरा, जितबहादुर बोट र कमल श्रेष्ठ रहेका छन्।

विश्वकपमा २५ राष्ट्रको सहभागिता रहेको छ।

यो पनि पढ्नुहोस्

अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी दोस्रो चरणमा

'अनलाइन युरोपियन पुम्से च्याम्पियनसिप'को सेमिफाइनलमा पुग्दा नेपाली खेलाडी दंग

 

प्रकाशित: May 09, 2020| 12:20 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।