शनिबार, भदौ ६, २०८३

भारतमा दिनहुँ ३३ सय कोरोना संक्रमित थपिँदै

भारतमा अहिलेसम्म कोरोनाबाट ५९ हजार ६ सय ९५ जना संक्रमित भएका छन् भने १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा दिनहुँ कम्तिमा ३ हजार ३ सय नयाँ संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक साताको तथ्यांकअनुसार औसतमा प्रत्येक दिन ३ हजार ३ सय ब्यक्तिमा संक्रमण पुष्टि हुने गरेको छ । शुक्रबार मात्रै ३ हजार ३ सय ३९ जना संक्रमित थपिए भने बिहीबार ३ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै बुधबार ३ हजार ६ सय २, बुधबार २ हजार ९ सय ७१, मंगलबार ३ हजार ६ सय, सोमबार ३ हजार ६ सय ५६ र आइतबार २ हजार ९ सय ५२ जना संक्रमित भेटिएका थिए ।

भारतमा अहिलेसम्म कोरोनाबाट ५९ हजार ६ सय ९५ जना संक्रमित भएका छन् भने १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

संक्रमित र मृतकको संख्या सबैभन्दा बढि महाराष्ट्रमा रहेको छ । जहाँ १९ हजार ६३ संक्रमित भएका छन् भने ७ सय ३१ को मृत्यु भएको छ । यस्तै गुजरातमा ७ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ४९ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ६ हजार ३ सय १८ जना संक्रमित हुँदा ६८ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ६ हजार ९ जनामा संक्रमण पुष्टि हुँदा ४० जनाको मृत्यु भएको छ ।

राजस्थानमा ३ हजार ५ सय ७९ जना संक्रमित भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा ३ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि हुँदा २ सय जनाको मृत्यु भएको छ ।

प्रकाशित: May 09, 2020| 11:05 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।