आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • एकैजनाबाट भएको हो त ६ जनाको हत्या ? संखुवासभा घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरी

एकैजनाबाट भएको हो त ६ जनाको हत्या ? संखुवासभा घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरी

संखुवासभाको मादी नगरपालिका–१ मा तेजबहादुर कार्की परिवारका ६ जना सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ मा तेजबहादुर कार्की परिवारका ६ जना सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।

National life

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई मात्र पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि यति ठूलो घटना लोकबहादुर एक्लैले कसरी गराए होलान् भन्ने प्रश्न पनि उब्जिएको छ। 

घटनामा कुनै धारिलो तयार प्रयोगसमेत भएको छैन। मृतकको टाउकोमा सामान्य चोट देखिन्छ। ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो। यद्यपि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु घटनामा अन्य व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धान जारी राखिने बताउँछन्। 

घटना बिहान भए पनि कसैले नदेखेको बयान स्थानीयले दिएका छन्। बिहानै काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको हत्या? संखुवासभाका डीएसपी लालध्वज सुवेदीले घटनाका संलग्न रहेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको बताएका छन्। उनले आज चैनपुरमा पत्रकार सम्मेलन गरी घटनाबारे सत्यतथ्य सार्वजनिक गरिने बताए।

स्थानीय चन्द्रबहादुर थापा पनि नाताभित्रको छिमेकीबाटै तेजबहादुरका परिवारको हत्या गर्‍यो भनेर सोच्न पनि नसकिने बताउँछन्। भन्छन्, ‘हामीले यति नजिकका व्यक्तिबाट घटना गरायो भन्ने सोच्नै सकेनौं।’ त्यसो त काकाको हत्या भयो भनेर गाउँमा खबर पनि उनै लोकबहादुरले गरेका थिए। 

Shivam cement

स्थानीयका अनुसार लोकबहादुर वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट केही समयअघि फर्किएका थिए। स्थानीय बासिन्दालाई उद्धृत गर्दै मादी नगरपालिकाका प्रमुख विदुर लिन्थेपले भने, ‘लोकबहादुर मानसिक सन्तुलन ठिक नभएपछि स्वदेश फर्किएका थिए। तर औषधि खाएपछि ठिक भएका थिए।’ यद्यपि अहिले पनि उनले औषधि सेवन गरिरहेका छन्। 

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला लोकबहादुरले बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ। उक्त घटना देखेपछि कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन्।

प्रकाशित: Sep 12, 2021| 08:09 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।