शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश-१ मा ८ जना कोरोना संक्रमित घर फर्के, १७ को उपचार हुँदै

प्रदेश-१ मा ८ जना कोरोना संक्रमित घर फर्के, १७ को उपचार हुँदै

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।

दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिइन्।

केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन् । केन्द्रमा अहिले १७ सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा दीपक सिग्देलले बताए।

निको भइ घर फर्केकामध्ये सात जनालाई विराटनगर–१५ स्थित रानी मर्कज मस्जिदमा १४ दिन क्वारेन्टाइन राखिएपछि स्वाब परीक्षण गरिने अस्पतालका मेसु डा मिश्राले जानकारी दिइन्

यस्तै एक महिलालाई उदयपुरको होम क्वारेन्टाइनमा जनप्रतिनिधि र चिकित्सकको निगरानीमा राख्ने व्यवस्था गरिएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व सङ्क्रमितलाई बिदाइ गर्दै सरकारको अबको रणनीति भनेको तीन ‘टी’ अन्तर्गत ट्र्याकिङ, टेष्टिङ र ट्रिटमेन्ट रहेको जानकारी दिए।

अस्पतालका मेसु डा मिश्राले अस्पतालमा उपचारमा रहेका सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुले अगाडिदेखि प्रयोग गरिरहेको उच्च रक्तचाप, मधुमेह बिरामीलाई औषधि निरन्तरता दिनुका साथै साधारण औषधि प्रयोग गरिएको जानकारी दिइन्। केन्द्रका उपचारार्थ रहेका १७ जनाको आगामी हप्ता स्वाब परीक्षण गर्ने जनाइएको छ ।

रासस

प्रकाशित: May 09, 2020| 08:39 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।