शनिबार, भदौ ६, २०८३

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार थप ७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १०९ पुगेको हो।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- शनिबार एकैपटक थप सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

उदयपुरका ३, कपिलवस्तुका ३ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

मन्त्रालयले जनाएअनुसार संक्रमितहरुमा उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीय तीन जना महिला रहेका छन् । उनीहरुको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर टेस्ट गरिएको थियो ।

यस्तै कपिलवस्तुमा दुई जना १८ वर्षीय र एकजना १७ वर्षीय युवामा संक्रमण देखिएको छ । पर्साको छपकैया निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परिक्षण गरिएको थियो ।

प्रकाशित: May 09, 2020| 08:22 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।