शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले साधरण समुहको साधरण उपसमुहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा समिर कुमार महर्जनको नाम परेको छ । दोस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि सिफारिस भएका अन्यमा विजय कुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट रहेका छन् ।

यस्तै महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम बढुवाका लागि सिफारिस भएको छ ।

बढुवाप्रति चित्त नबुझे सात दिन भित्र उजुरी दिन पनि डीएसपीहरुलाई बढुवा सिफारिस समितिले भनेको छ।

प्रकाशित: May 09, 2020| 06:55 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।