शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट आएकी आमालाई वडाध्यक्षले क्वारेन्टिनमा नराखी घर लगे

भारतबाट आएकी आमालाई वडाध्यक्षले क्वारेन्टिनमा नराखी घर लगे

समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन्।

समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन् । नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो ।

उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए। उनले भने, ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो ।’ क्वारेन्टाइनमा अहिले २८ जना छन् । ती सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ ।

क्वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँं बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए। उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ । क्वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन ।’

क्वारेन्टाइनमा आएकाहरु सबैको रिपोर्ट नेगिटभ आएको छ । क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन ।’ मर्चवार क्षेत्र भारतसँंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो । उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ।

प्रकाशित: May 09, 2020| 06:23 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।