शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीमाथि जाइलाग्ने चार चिनियाँविरुद्ध मुद्दा

नेपाल प्रहरीमाथि जाइलाग्ने चार चिनियाँविरुद्ध मुद्दा

शुक्रबार प्रदर्शनका क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकमाथि मुद्दा चलाइने भएको छ। प्रहरीमाथि हातपात गर्नेमध्ये चार चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

शुक्रबार प्रदर्शनका क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकमाथि मुद्दा चलाइने भएको छ। प्रहरीमाथि हातपात गर्नेमध्ये चार चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।

निषेधित क्षेत्र सिहंदरवार अगाडि प्रदर्शनमा उत्रेका चिनियाँहरुले डीएसपी हरिबहादुर बस्‍नेतसहित प्रहरीमाथि हातपात गरेका थिए ।

हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले जानकारी दिए।

नेपालस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिएका आफ्‍ना नागरिकमाथि कानुनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो। एसपी राठौरले हातपात गर्नेमाथि कानुनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए।

प्रकाशित: May 09, 2020| 06:14 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।