शनिबार, भदौ ६, २०८३

प्रहरीलाई आक्रमण गर्ने ४७ जना चिनियाँ नागरिक पक्राउ

निषेधित क्षेत्र सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। आफ्नो देशमा जान पाउनुपर्ने भन्दै उनीहरुले सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

निषेधित क्षेत्र सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। आफ्नो देशमा जान पाउनुपर्ने भन्दै उनीहरुले सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।

लकडाउनको समय र त्यसमाथि निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेको प्रहरीले जनाएको छ। चिनियाँ नागरिकको ढुंगा प्रहारबाट महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन्।

४ जना चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेको बताए।

शुक्रबार नै उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै चिनियाँ दूतावाससँग आग्रह गरेका छन्। त्यसपछि नेपाल पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका उनीहरु अन्त्यमा सिंहदरबार गेटमा प्रदर्शनमा उत्रेका थिए। हाल महानगरीय प्रहरी कार्यालयमा राखिएका उनीहरुबारे अनुसन्धान भैरहेको पोखरेलले जानकारी दिए।

प्रकाशित: May 08, 2020| 19:50 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।