शनिबार, भदौ ६, २०८३

सुदूरपश्चिमका सबै कोरोना संक्रमित संक्रमणमुक्त

धनगढी– सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। आज धनगढीकी कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित ठिक भएका हुन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

धनगढी– सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। आज धनगढी-५ की ३४ वर्षीया कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित ठिक भएका हुन्।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि विगत ३५ दिनदेखि उपचाररत उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले जानकारी दिए। उनको यसअघि ६ वटा रिपोर्ट पोजेटिभ आएका थियो। लामो समयको उपचारपछि घर फर्कन पाउँदा उनले खुसी व्यक्त गरिन्।

यसअघि लम्कीचुहा नगरपालिकाका २१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिकाकी महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: May 08, 2020| 18:29 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।