शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनता मरिरहेका छन् तर सरकार अर्को धन्दामा लागेको छ : महतो

जनता मरिरहेका छन् तर सरकार अर्को धन्दामा लागेको छ : महतो

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कोरोना भाइरसबाट जनता मरिरहेका बेला सरकार अर्को धन्दामा लागेको आरोप लगाएका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कोरोना भाइरसबाट जनता मरिरहेका बेला सरकार अर्को धन्दामा लागेको आरोप लगाएका छन्।

बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्दै महतोले कोरोनाबाट जनता मरिरहेको अवस्थामा सरकारले पार्टी फुटाउन र कुर्सी जोगाउने धन्दामा लागेको बताए।

'हाम्रो पार्टी फोर्न सरप्राइज आएको थियो । हामीले पनि देखाइदियौं रातारात पार्टी एकीकरण गरेर। अब लौ अब फोर त हाम्रो पार्टी,’ महतोले भने, ‘संसदको प्रथम बैठक सुरु हुँदा खुशी थियौं। यति शक्तिशाली सरकार बनाएकोमा नेपाली खुशी थिए।

सुशासन र समृद्धि होला र सविधानले पनि पूर्णता पाउला भन्ने लागेको थियो। आज छैटौं बैठक हुँदासम्म नेपाली जनताले के पाए ? नेपाली जनताले यो शक्तिशाली सरकारबाट के पाए ?’

उनले थपे, ‘जुन सपना हामीले देखेका थियौं, के सुशासन पायौँ ? के समृद्धि पायौं ? संविधानले पूर्णता पायो ? के खोसिएको अधिकार पायौं ? यो सबै कुरा उठाउँदैनन्। एउटा मात्र प्रश्न र एउटै मात्र माग हो। नेपाली नागरिकको जीवन रक्षा गरिदेउ। यो महामारीको बेलामा जनता जोगाउनु पर्नेमा पद बचाउ र पार्टी फुटाउमा सरकार किन लाग्यो। रातारात किन यो अध्यादेश आयो ?’

 

प्रकाशित: May 08, 2020| 17:02 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।