शनिबार, भदौ ६, २०८३

शान्तिप्रक्रिया अझै पूरा भएको छैन : नेम्वाङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्तिप्रक्रिया अहिलेसम्म पूरा नभएको सम्झाएका छन्। बजेट अधिवेशन सुरु भएको पहिलोदिन नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा नेम्वाङले बोल्दै उक्त कुरा सम्झाएका हुन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्तिप्रक्रिया अहिलेसम्म पूरा नभएको सम्झाएका छन्। बजेट अधिवेशन सुरु भएको पहिलोदिन नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा नेम्वाङले बोल्दै उक्त कुरा सम्झाएका हुन्।

नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीको विवाद कायमै छ भने एकता प्रक्रिया पनि पूरा भएको छैन। पार्टीभित्र विवाद जारी रहेको अवस्थामा नेम्वाङको शन्ति प्रक्रिया सम्बन्धी विषय आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिनिधिसभामा उनले भने, ‘शान्तिप्रक्रिया पूरा गर्न थोरै काम बाँकी छ। विधेयक सम्बन्धी कार्य अन्तिममा पुगेको छ। हामीले यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगो लाग्छ भन्ने विश्वास गरेका छौं।’

लकडाउन बाध्यताले गर्नुपरेको बताउँदै उनले यसलाई प्रभावकारी ढंगले लागू गर्नुपर्नेमा जोड दिए।

यसैगरी, सांसद अपहरणको विषयमा उनले यथार्थ केही समयमै बाहिर आउने बताए। आफूहरु कुनै आपराधिक कार्यको पक्षमा नरहेकोमा नेम्वाङको भनाई थियो।

प्रकाशित: May 08, 2020| 16:53 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।