शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई पदमुक्त गरी कारवाही गर : देउवा

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई पदमुक्त गरी कारवाही गर : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रकरणका दोषीहरुलाई कारवाही गर्न माग गरेका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रकरणका दोषीहरुलाई कारवाही गर्न माग गरेका छन्।

बजेट अधिवेशनको पहिलो दिन संसदमा बोल्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन्।

‘स्वास्थ्य सामग्रीको अझै अभाव रहनु दुखद छ। खरिद प्रक्रिया पारद्र्शी नहुनु अक्षम्य छ। दोषीलाई पदमुक्त गरेर कारवाही गर्न माग गर्दछु,’ उनले भने।

कोरोना भाइरसका कारण जीवन गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले भने, ‘कोरोना विरुद्धको संघर्षमा सरकारलाई सघाउने छौं। तर वेथिति र भ्रष्टाचारका विरुद्ध लड्नेछौं।’

लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई समस्यामा परेको उनले बताए। ‘हजारौं श्रमिक पैदल हिडेर गाउँ फर्केका छन्। राज्यबाट सहज रुपमा राहत दिनु पर्छ।’

अध्यादेशहरु ल्याउनुमा प्रधानमन्त्रीको नियोजित षड्यन्त्र रहेको उनले दाबी गरे।

सांसदको अपहरणमा सरकारको संलग्नता देखिनु गलत भएको दाबी गर्दै दोषीलाई कारवाहीको माग देउवाले गरे। उनले आगामी बजेट कोरोना केन्द्रीत हुनुपर्नेमा जोड दिए।

 

प्रकाशित: May 08, 2020| 16:27 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।