शनिबार, भदौ ६, २०८३

विवादित अध्यादेश खारेज गर्न संसद् बैठकमा पेस

राष्ट्रपतिबाट जारी भई खारेज भएका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि संसदमा पेस भएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- राष्ट्रपतिबाट जारी भई खारेज भएका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि संसदमा पेस भएको छ।

प्रतिनिधिसभाको शुक्रबार सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले खारेजीका लागि पेस गरेका हुन्।संविधानअनुसार ती अध्यादेश खारेजीका लागि संसदमा पेस हुनुपर्छ। दुवै अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएका कारण सरकारले खारेज गरेको थियो।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

प्रकाशित: May 08, 2020| 16:22 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।