मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेकपा एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा पाण्डे

नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । पाण्डे एमालेका जिल्ला उपसचिव हुन्।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

बुटवल– नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । पाण्डे एमालेका जिल्ला उपसचिव हुन्। नेकपा एकीकृत समाजवादीले शनिबार गरेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। 

triton college

जिल्ला कमिटी उपाध्यक्षमा प्रदेश सभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे, उपसचिवमा कमल सेन चयन भएका छन्। जिल्ला कमिटीको पहिलो बैठकले ७५ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर १ सय २५ सदस्यीय बनाउने निर्णयसमेत गरेको पार्टी सचिव गैरेले बताए। 

बैठकले  लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समितिसमेत गठन गरेको छ। जसमा पदमप्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, वसन्त श्रेष्ठ, विष्णुप्रसाद खनाल, कर्णबहादुर सुनार र पीताम्बर कँडेल छन्।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डेले नवनिर्वाचित टिमलाई जनताको मनले जित्ने अभियानमा लाग्न निर्देशन दिए। उनले निर्वाचन चुनाव चिन्हले मात्रै जित्न सम्भव नभएको बताए।

प्रकाशित: Sep 12, 2021| 07:19 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।